Logo

सेयर बजारमा करेक्सन कि इन्ट्री अवसर ?, अन्यौलमा लगानीकर्ता

सेयर बजारमा करेक्सन कि इन्ट्री अवसर ?, अन्यौलमा लगानीकर्ता



काठमाडौं । आईतबार बजारमा दोहोरो अंकको गिरावट आएको छ । लगानीकर्ताहरुले आईतबार बजार बढ्ने अपेक्षा गरेपनि ठीक त्यसको विपरित नेप्से परिसुचक भने घट्न पुगेको छ ।

laxmi

नेप्से परिसुचक २२ सय अंकबाट दैनिक रुपमा उच्च अंकले बढ्दै छोटो समयमानै २९ सय अंक पुगेको थियो । सेयरबजार प्रति नियामक निकायको कसिलो नीति, बढ्दो ब्याजदर तथा लेण्डिङ क्रञ्चका कारण बजार तत्काल उच्च गतिमा बढ्ने अपेक्षा नगरिएपनि धेरै लगानीकर्ताको मनोविज्ञान विपरित नेप्सेले छोटो समयमै २९ सय अंकको लक्ष्य पछ्याएको थियो । तर, पछिल्लो समय बजारमा केही हदसम्म तरलताको सहजता तथा बढ्दो कोरोनाका कारण अन्य क्षेत्रमा असर पर्दा सेयर बजार बढ्ने आशा गरिएपनि ठिक त्यसको विपरित घट्न पुगेको छ ।

केही दिनयताको घट्दो बजारलाई दिएर कतिपय लगानीकर्ताले बढ्दो बजारमा इन्ट्री गर्ने अवसरको रुपमा व्याख्या गरेका छन् भने कतिपयले छोटो समयमा उच्च अंक बढेकाले करेन्सनको बाटो समातेको बताएका छन् । बजार कुनै दिन न्यून अंकले घट्ने र त्यसपछि पुनः उच्च अंकमा बढ्दै नेप्सेले उच्च अंक पार गर्ने भन्दै कतिपय लगानीकर्ताले अहिलेको घटाईलाई थप लगानीको लागि अवसर भएको बताएका छन् ।

आईतबार करिव ११ अंकले घटेको बजारमा १६१ कम्पनीका लगानीकर्ताले गुमाउन पुगेका छन् । तर दोहोरो अंकले घटेको बजारमा पनि विन नेपाल लघुवित्त, बुद्धभुमि जलविद्युतको सेयर मुल्य भने बढेर सर्किट लागेको छ ।

आईतबार फाइनान्स, जलविद्युत, विकास बैंक, पर्यटन, ब्यापार, बैंकिङ समुहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सोमध्येमा पनि फाइनान्स कम्पनी सेयर मुल्य सबैभन्दा बढी २.७७ प्रतिशतले घट्न पुगेको छ । तर घट्दो बजारमा बीमा, उत्पादनमुलक समुहका लगानीकर्ताले भने सामान्य कमाएका छन् ।

आईतबार नेप्से परिसुचक घटेपनि कारोबार रकमले भने केही साथ दिएको छ । दिनभर ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा २३२ कम्पनीको १ करोढ ४७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL