Logo

अन्तिम समयमा आएर दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको आकर्षण जलविद्युतमा

अन्तिम समयमा आएर दोहोरो अंकले बढ्यो नेप्से, लगानीकर्ताको आकर्षण जलविद्युतमा



काठमाडौं । सोमबार दिनभर सामान्य घटवढ भैरहेको नेप्से परिसुचक अन्तिम समयमा आएर दोहोरो अंकले बढ्न पुगेको छ । अन्तिम समयमा नेप्से परिसुचक २०.६४ अंकले बढ्दै २ हजार ९४७ अंकमा पुगेर अडिएको छ ।

यो सातामा बजारमा नेप्से परिसुचक बढ्नुका साथै कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । आईतबार पौने १० अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार पनि ७ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२४ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

दोहोरो अंकले बढेको बजारमा लगानीकर्ताहरको आकर्षण जलविद्युत समुहका कम्पनीमा देखिएको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

नेप्सेमा आज पनि मध्यभोटेकोशीको सेयर मुल्य बढेर सर्किट हानेको छ । तर, नेप्से परिसुचक दोहोरो अंकले बढ्दा ९३ कम्पनीका लगानीकर्ताले भने गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL