Logo

सेयर बजारमा एक दिन पनि टिकेन ओमिक्रोन इफेक्ट, नेप्से ३७ अंकले घट्दा ३ अर्ब १२ करोडको कारोबार

सेयर बजारमा एक दिन पनि टिकेन ओमिक्रोन इफेक्ट, नेप्से ३७ अंकले घट्दा ३ अर्ब १२ करोडको कारोबार



काठमाडौं । लामो समयपछि आईतबार बढेको बजार एक दिन पनि टिक्न सकेन । आईतबार पनि पहिलो आवरमा उच्च रुपमा घटेको बजार नेपालमा पनि ओमिक्रोन भेटियो भन्ने हल्ला आएसँगै नेप्से परिसुचक बढ्न पुगेको थियो । आईतबार ओमिक्रोनका कारण अन्य क्षेत्र प्रभावित भई बजार बढ्ने भन्ने हल्ला फैल्याएर बजार बढाएपनि त्यसको भोलिपल्ट अर्थात सोमबार नै बजारमा ३७.१८ अंकको गिरावट आएको छ ।

सोमबार सुरुवातमा बढेको बजारमा १२ बजेपछि घट्न सुरु गरेको थियो । त्यसयता घटेको नेप्से परिसुचक अन्तमा २५ सय ९ अंकमा झरेर अडिएको छ । बजारमा ब्यापार र म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी फाईनान्स समुहको परिसुचक ३.८६ प्रतिशतले घट्दा विकास बैंक समुह ३ प्रतिशत, अतिरिक्तm समुह २।८४ र जलविद्युत समुहको परिसुचकमा २।५४ प्रतिशतले गिरावट आएको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा ०।७९ प्रतिशतले गिरावट आएको छ भने माइक्रोफाइनान्स समुहको परिसुचक १।४७ प्रतिशतले घट्न पुगेको छ । पछिल्लो समय बजारमा सेलिङ प्रेसर आई थेग्न नसक्दा नेप्से परिसुचक घट्न पुगेको छ ।

घट्दो बजारमा कारोबार रकममा पनि गिरावट आएको । सोमबार ३ अर्ब १२ करोड रुपैयाँको मात्र सेयरु कारोबार भएको छ । जसमा २३१ कम्पनीको ८३ हजार ३० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL