Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घट्दै २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । यसअघि बुधबार प्रतितोला २ हजार ५ सय ५ रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्