Logo

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?



काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्छ। देशभर सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारका लागि कानुनी सल्लाह प्रदान गर्ने यस उच्च पदमा ७३ वर्षको इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। र, ३१ औँ महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त भएकी छन्।

वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी पनि हुन्। उनले यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्त भएर पनि काम गरेकी छन्।

महान्यायाधिवक्तामा सविता भण्डारी बराल सिफारिस भएकी छन्। सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री भएर इतिहास बनेसँगै उनकै पालामा पहिलो महिला महान्यायाधिवक्ताको कीर्तिमान पनि बनेको हो।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेको पहिलो दिन नै आइतबार बराललाई महान्यायाधिवक्ता सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। यसअघिका महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गतेदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि बराल सिफारिस भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्