Logo

६५ जलविद्यतु प्रवद्र्धकले सरकारको कोरोना कोषमा दिए १ करोड ११ लाख, इप्पान अध्यक्ष गुरागाईँले गरे हस्तान्तरण

६५ जलविद्यतु प्रवद्र्धकले सरकारको कोरोना कोषमा दिए १ करोड ११ लाख, इप्पान अध्यक्ष गुरागाईँले गरे हस्तान्तरण



काठमाडौं । निजी क्षेत्रका जलविद्युत प्रवद्र्धकहरुले सरकारको कोरोना रोकथाम कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।

विभिन्न ६५ वटा जलविद्युत प्रवद्र्धकहरुले उक्त रकम सरकारले गठन गरेको कोरोना रोकथाम तथा राहत कोषमा रकम जम्मा गरेका हुन् ।

आज एक कार्यक्रमबीच स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईँले ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनलाई सो बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

व्यवसायीहरुको सामाजिक उत्तरदायित्व अन्तरगत देशलाई अप्ठ्यारो परेको अवस्थमा कोरोना रोकथाम तथा न्यूनिकरणका सहयोग पुर्याउन उक्त रकम सरकारको कोषमा जम्मा गरेको अध्यक्ष गुरागाईँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL