Logo

तामाकोशीको सेयर आवेदन खुला, दोलखावासीका लागि भने चैत १ गतेबाट मात्र

तामाकोशीको सेयर आवेदन खुला, दोलखावासीका लागि भने चैत १ गतेबाट मात्र


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि सेयर जारी गरेको छ । आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका बचतकर्ता,नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर जारी गरेको हो ।

शुक्रबार दोलखावासी र अन्य सस्थाका कर्मचारीले सेयर बाँडफाडमा अनिमियतता भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिएका । तर, सोमबार भएको सो रिट माथीको सुनुवाइमा सर्वोच्चका न्यायधिस गोविन्दकुमार उपाध्ययको इजलासले अन्तरिम आदेश जारी नगरेपछि सेयर वितरण रोकिएको छैन । सर्वोच्चले उनीहरुको रिटलाई अग्राधिकार दिएर आगामी दिनमा तारिकमा बोलाउने भएको छ ।

कम्पनीले पहिलो चरणमा कुल सेयर ३४ प्रतिशत सेयर मात्र जारी गरेको हो । तर, आयोजनाले दोलखावासीका लागि छुट्याएको १० प्रतिशत सेयर जारी गरेको छैन । विवादका कारण आयोजना प्रभावित क्षेत्र दोलखावासीका लागि भने चैत १ गतेबाट मात्र सेयर जारी गरिने आयोजनाले जानकारी दिएको छ ।

तामाकोशी आयोजनाले १ सय रुपैयाँका दरले ३ करोड ६० लाख ६ हजार कित्ता सेयर जारी गरेको हो । कम्पनीले तामाकोशी आयोजना प्रभावित क्षेत्र दोलखाका बासिन्दालाई भने १ करोड पाँच लाख ९० हजार कित्ता सेयर जारी गर्नेछ ।

आयोजनामा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानले ऋण लगानी गरेका छन् । जसमध्ये कर्मचारी सञ्चय कोषको बचतकर्ताहरुका लागि १ करोड ८२ लाख ९९ हजार ५२० कित्ता, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९२० कित्ता र आयोजनाका कर्मचारी तथा विद्युत् प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५ सय ६० कित्ता सेयर जारी गरेको छ ।

आयोजनाले सेयर भर्नका लागि नागरिक लगानी कोष, राष्ट्रिय बाणिज्य बैंक, एनसिएम मर्चेन्ट बैंकिङ, माछापुच्छे बैंक, जनता बैंक, सिटिजन्स बैंक र सिटी डेभलपमेन्ट बैंकका शाखाहरुबाट आवेदन दिन सकिने छ । यसका साथै, सिद्धार्थ डेभलपमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, , विराटलक्ष्मी विकास बैंक, सहयोगी विकास बैंक, सृजना फाइनान्स, वेष्टर्न डेभलपमेन्ट बैंक र काबेली विकास बैंकका शाखाहरुमा पनि आवेदन फारम भर्न सकिने आयोजनाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL