Logo

९ महिनामा वैदेशिक लगानी : ४ अर्ब ४२ करोड भित्रँदा १ अर्ब ८० करोड बाहिरियो, खुद लगानी ८४ प्रतिशतले घट्यो

९ महिनामा वैदेशिक लगानी : ४ अर्ब ४२ करोड भित्रँदा १ अर्ब ८० करोड बाहिरियो, खुद लगानी ८४ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा झण्डै साढे ४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउन देखि चैत मसान्तसम्म नेपालमा विभिन्न देशहरुबाट ४ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।

laxmi

उद्योग विभाग र लगानी बोर्डमार्फत स्वीकृत भएका वैदेशिक लगानीका परियोजनामा लगानी रकम भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ । चालु आवको ९ महिनामा आएको वैदेशिक लगानी सोही रकम हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भने ७४ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको यहि अवधिमा नेपालमा १६ अर्ब ९५ करोड ३४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । यस्तै यसै अवधिमा नेपालबाट विदेशी लगानीकर्ताहरुले १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबरको लगानी फिर्ता लिएका छन् । विदेशी लगानीकर्ताहरुले नेपालबाट रोयल्टी, लाभांसलगायत शिर्षकमा उक्त रकम फिर्ता लिएका हुन् ।

नेपालबाट बाहिरिने लगानी पनि गत आवको यहि अवधिको तुलनामा ३ सय ८ प्रतिशतले बढेको देखिएको छ । गत आवको ९ महिनामा नेपालबाट विदेशी लगानीकर्ताहरुले जम्मा ४४ करोड २० लाख रुपैयाँ लगानी मात्रै फिर्ता लिएका थिए ।
यसरी नेपालमा चालु आवको ९ महिनामा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी र बाहिरिएको लगानीलाई हिसाव गर्दा यस अवधिमा नेपालमा खुद वैदेशिक लगानी जम्मा २ अर्ब ६२ करोड १० लाख रुपैयाँ मात्रै भित्रिएको देखिन्छ ।

यसरी भित्रिएको खुद वैदेशिक लगानी पनि गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ८४ प्रतिशत अर्थात करिव १४ अर्ब रुपैयाँले कम हो । गत आार्थिक बर्षको यहि अवधिमा नेपालमा १६ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुद वैदेशिक लगानी भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL