काठमाडौं । स्विफ्ट कम्पनीले बैंकहरुलाई कम्प्युटरको सुरक्षा बढाउन आग्रह गरेको छ । ब्रुसेल्समा रहेको स्विफ्ट कम्पनीले बैंकहरुलाई ह्याकरहरुले चोरीको लागि प्रयोग गरिरहेको तरिकाको जानकारी दिदै कम्प्युटरको सुरक्षा बृद्धि गर्न आग्रह गरेको हो । कम्पनीले हालै बिएइ सिस्टम साइबर पीएलसीज् सेक्युरिटी डिभिजनसँगको सहकार्यमा १६ पान्ने रिपोर्ट तयार गरेको थियो । रिपोर्टमा हृयाकरहरुसँग चोरीसम्बन्धि परिस्कृत ज्ञान भएकोले…