Logo

कम्प्युटरको सुरक्षा बढाउन बैंकहरुलाई स्विफ्टको आग्रह

कम्प्युटरको सुरक्षा बढाउन बैंकहरुलाई स्विफ्टको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्विफ्ट कम्पनीले बैंकहरुलाई कम्प्युटरको सुरक्षा बढाउन आग्रह गरेको छ । ब्रुसेल्समा रहेको स्विफ्ट कम्पनीले बैंकहरुलाई ह्याकरहरुले चोरीको लागि प्रयोग गरिरहेको तरिकाको जानकारी दिदै कम्प्युटरको सुरक्षा बृद्धि गर्न आग्रह गरेको हो ।

कम्पनीले हालै बिएइ सिस्टम साइबर पीएलसीज् सेक्युरिटी डिभिजनसँगको सहकार्यमा १६ पान्ने रिपोर्ट तयार गरेको थियो । रिपोर्टमा हृयाकरहरुसँग चोरीसम्बन्धि परिस्कृत ज्ञान भएकोले सचेत हुनुपर्ने उल्लेख गरेको छ ।

बंगलादेश बैंकमा उत्तर कोरियाको लजारौंस नामको समूहले आक्रमण गरेको हुन सक्ने बीएइले बताएको छ । त्यस्तै सन् २०१६ मा बंगलादेशमा भएको ह्याकबाट त्यहाको बंगलादेश बैंकलाई ८ अर्ब १० करोड रुपैयाँ क्षति भएको थियो ।

रिपोर्टमा बैंकमा हृयाकरहरुले चोरी गर्न अपनाएको तरिकाको वर्णन गरिएको छ । ह्याकरहरुले शुरुमा कुनै एक ग्राहकको बैंकिङ नेटवर्कभित्र पसेर प्रयोगकर्ताहरुको जानकारी लिने गरेका छन् । त्यसका लागि महिनौ पनि लाग्ने गरेको छ । त्यसपश्चात बैंकको सञ्चालन प्रक्रिया अनुगमन गर्ने गरेर सफ्टवेयर मार्फत चोरी गरेको पाइएको रिपोर्टमा उल्लेख छ ।

विशेषगरी हृयाकरहरुले मध्यरातमा आक्रमण गर्ने रिपोर्टमा उल्लेख छ ।

हृयाकरहरुले साइबर आक्रमण गरेर तीन घण्टामा रकम चोरी गर्ने गरेको पनि रिपोर्टबाट खुलेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL