Logo

फोनमा कसैले खाता नम्बर मागेको छ? ‘फ्रड कल’ मा भर नपरौ

फोनमा कसैले खाता नम्बर मागेको छ? ‘फ्रड कल’ मा भर नपरौ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भाइबरमा विदेशी नम्बरबाट कल गरी लोटरी परेको सूचना आएका त्यसमा भर नपर्न नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ ।

हिन्दी, उर्दु आदी भाषामा बोल्ने व्यक्तिले कल उठाउने व्यक्तिलाई लोटरी मार्फत करोडौं रुपैयाँ परेको भन्ने गरेको पाइएकोमा त्यसमा भर नपर्न आग्रह गरेको हो ।

‘लोटरी परेकोे र सो लिनका लागि त्यसका लागि बैंक एकाउन्ट वा अन्य जानकारी पठाउन अनुरोध गर्ने गरेको पाइएको छ’ टेलिकमले भनेको छ, ‘त्यस्ता कल आएमा आफ्नो व्यक्तिगत विवरण र बैंक एकाउण्ट नदिनु होला ।’

टेलिकमका अनुसार मोबाइल प्रयोगकर्ताहरुको भाइबरमा +९२३४४८७७५६१, +९२३४९१२९५३२५, +६०१११४१३१०९८२ वा विदेशी यस्तै नम्बरका फ्रड कल आएको छ । ठगी गर्ने नियतले यस्तो प्रकारको कल गरेको पाइएकोले सजग रहन तथा आफ्नो व्यक्तिगत जानकारी वा बैंक एकाउण्ट कसैलाई नदिन टेलिकमले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL