Logo

टेलिकमले भन्यो ‘०१२३४५६, १२३४५६ नम्बरबाट आएको फोन नउठाउनुहोस, ठगिएला’

टेलिकमले भन्यो ‘०१२३४५६, १२३४५६ नम्बरबाट आएको फोन नउठाउनुहोस, ठगिएला’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बर भन्दा फरक तथाअपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । टेलिकमले आइत्बार एसएमएस गरी यस्तो अनुरोध गरेको हो । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

पछिल्लो समय त्यस्ता नम्बरबाट फोन गरी नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड गर्ने बढेको छ ।

हाल यस्ता फोन कुन रुटहुँदै आइरहेको छ भन्नेबनर अनुशन्धान गरिएको उनले जानकारी दिइन् ।
टेलिकमले यसअघि फेसबुक मार्फत सूचना निकाली सचेत गराएको थियो । भाइबरमा विदेशी नम्बरबाट कल गरी लोटरी परेको सूचना आएका त्यसमा भर नपर्न आफ्ना सेवाग्राहीलाई आग्रह गरेको हो ।

लोटरी परेकोे र सो लिनका लागि त्यसका लागि बैंक एकाउन्ट वा अन्य जानकारी पठाउन अनुरोध गर्ने गरेको पाइएको छ’ टेलिकमले भनेको छ, ‘त्यस्ता कल आएमा आफ्नो व्यक्तिगत विवरण र बैंक एकाउण्ट नदिनु होला ।’

टेलिकमका अनुसार मोबाइल प्रयोगकर्ताहरुको भाइबरमा ं९२३४४८७७५६१, ं९२३४९१२९५३२५, ं६०१११४१३१०९८२ वा विदेशी यस्तै नम्बरका फ्रड कल आएको छ । ठगी गर्ने नियतले यस्तो प्रकारको कल गरेको पाइएकोले सजग रहन तथा आफ्नो व्यक्तिगत जानकारी वा बैंक एकाउण्ट कसैलाई नदिन टेलिकमले आग्रह गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL