Logo

आइफोन ८ तथा ८ प्लस नेपाल भित्रियो, शुक्रबारदेखि बजारमा

आइफोन ८ तथा ८ प्लस नेपाल भित्रियो, शुक्रबारदेखि बजारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका आइफोनप्रेमीहरुले शुक्रबारदेखि आइफोन ८ र आइफोन ८ प्लस प्रयोग गर्न पाउने भएका छन् ।

नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले शक्रवार आइफोन आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक गर्न लागेको छ । नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ । साथै गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।

कम्पनीले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न अनुरोध गरेको छ ।

कम्पनीको इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) आधिकारिक डिलर हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL