काठमाडौं। नाडा अटो शोमा यस वर्ष फोटोन टुनल्यान्डका तीन प्रमुख मोडलहरू आकर्षणको केन्द्र बनेका छन्। नेपालको बजारमा टुनल्यान्ड जी–७ को सफल प्रवेशपछि कम्पनीले यसपटक टुनल्यान्ड भि–९, टुनल्यान्ड जी–७ र ई–टुनल्यान्ड प्रदर्शनीमा सार्वजनिक गरेको हो। हाइब्रिड पिकअप टुनल्यान्ड भि–९ मजबुत र शक्तिशाली मोडलका रूपमा प्रस्तुत भएको छ, जसले काम, मनोरञ्जन वा लामो दूरीको साहसिक यात्रासम्मका लागि…