Logo

नेपाल आयो सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’, छिट्टै बुकिङ खुल्ने

नेपाल आयो सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’, छिट्टै बुकिङ खुल्ने



काठमाडौं । सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारा नेपाल आइपुगेको छ । आधिकारिक वितरक सिजी मोटोकर्पले नेपाल ल्याएको यस एसयूभीको बुकिङ भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ मा खुल्ने सम्भावना रहेको छ ।

टोयोटासँग सहकार्यमा भारतमा उत्पादन गरिएको यो मोडलमा बिवाइडीको ब्लेड ब्याट्री टेक्नोलोजी प्रयोग भएको छ । यसमा ४९ किलोवाट–आवर र ६१ किलोवाट–आवर ब्याट्री अप्सन छन्, जसले ठूलो ब्याट्री भर्सनमा ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

कम्प्याक्ट मिड–साइज एसयूभीको लम्बाइ ४,२७५ मिमि, चौडाइ १,८०० मिमि, उचाइ १,६३५ मिमि, ह्वीलबेस २,७०० मिमि र ग्राउन्ड क्लियरेन्स १८० मिमि रहेको छ । विशेषतामा एलईडी लाइट, प्यानोरामिक सनरुफ, १८–इन्च ह्वील, मल्टिकलर एम्बियन्ट लाइट, १०।२५–इन्च टचस्क्रिन, हर्मन अडियो, वायरलेस चार्जिङ, एप्पल कारप्लेरएन्ड्रोइड अटो, इकोरनर्मलरस्पोर्टरस्नोरवन–पेडल मोड छन् ।

सुरक्षाका लागि एडास लेभल–२, लेन–किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड–स्पट मोनिटरिङ, ७ एयरब्याग, ३६०–डिग्री क्यामेरा, पार्किङ सेन्सरलगायत सुविधा छन् ।

मोटरको विवरण हालसम्म सार्वजनिक नभए पनि, यो हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धी हुने अपेक्षा छ । अनुमानित मूल्य करिब ६० लाख रुपैयाँ पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्