Logo

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम



काठमाडौं । अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ, जुन तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ ब्याट्रीचालित सवारीसाधन किनेका छन् ।

यो सङ्ख्या अघिल्लो त्रैमासिकमा बिक्री भएका १७ हजार ९०१ सवारीसाधनको तुलनामा ६३.३ प्रतिशतले बढी हो । यसले अघिल्लो कीर्तिमान—सन् २०२३ को दोस्रो त्रैमासिकमा भएको २५ हजार ६९६ को बिक्रीलाई पनि पार गरेको छ ।

संस्थाले जनाएअनुसार, सन् २०२५ को दोस्रो त्रैमासिकमा नयाँ हल्का सवारीसाधनमा विद्युतीय सवारीसाधनको बजार हिस्सा ९।३ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासिकको ६.२ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो र नयाँ कीर्तिमान पनि हो ।

यसैबीच, इन्धनबाट चल्ने सवारीसाधनको बजार हिस्सा लगातार घट्दै गएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा ८६.४ प्रतिशत रहेको हिस्सा सन् २०२५ को दोस्रो त्रैमासिकमा घटेर ७२.०३ प्रतिशतमा झरेको छ ।

संकर प्रविधियुक्त सवारीसाधनको बजार हिस्सा दोस्रो त्रैमासिकमा १४.८ प्रतिशत रह्यो, जुन सन् २०२४ को पहिलो त्रैमासिकयता सबैभन्दा न्यून हो ।

मझौला आकारका सवारीसाधन मात्र त्यस्ता वर्ग थिए, जहाँ विद्युतीय र संकर दुवै प्रकारका सवारीसाधनको बजार हिस्सा इन्धनबाट चल्ने सवारीसाधनभन्दा बढी देखिएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्