काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको नाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीले आफ्ना मोडेलहरूमा विशेष छुट, उपहार र अफर सार्वजनिक गरेका छन्।
फोटोनका टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान र टीएम–१ तथा सोकोन ईभी भ्यान ६ दिनसम्म चल्ने अटो शोमा प्रदर्शित हुनेछन्। कम्पनीका अनुसार यी मोडेलहरूमा आकर्षक मूल्य छुट, सर्भिस प्याकेज र उपहार उपलब्ध हुनेछन्।
फोटोन टीएम–१ को मूल्य ३३ लाख ७४ हजार रुपैयाँबाट घटाएर २६ लाख ९९ हजार रुपैयाँमा निर्धारण गरिएको छ। फोटोन माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि छुटसहित विशेष अफर ल्याइने जनाइएको छ। टुनल्यान्ड पिकअपमा छुटबारे भने प्रदर्शनीकै क्रममा सार्वजनिक गरिनेछ।
अटो शोमा फोटोन वा सोकोनका मोडेल बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, एक वर्षको पूर्ण इन्स्योरेन्ससहित अटो प्लस सुविधा र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी उपलब्ध हुनेछ। साथै, तीनै मोडेलमा सजिलो फाइनान्स सुविधा पनि रहनेछ।
फोटोन टुनल्यान्ड पिकअप खरिद गर्दा ट्राङक्विलिटी स्पा अनुभव वा २५ हजार रुपैयाँ बराबरको भाटभटेनी सपिङ कुपन, तीन वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मर्मत सेवा र चालक परिवारका लागि स्वास्थ्य बीमा दिइनेछ। माउन्टेन ईभी भ्यानमा छुटका साथै ५५ इन्चको स्मार्ट टिभी, पाँच पटक निस्शुल्क सर्भिसिङ र फ्रन्ट ब्रेक सुज प्रदान गरिनेछ। सोकोन ईभी भ्यान किन्दा पनि छुटसँगै ५५ इन्च स्मार्ट टिभी पाउने व्यवस्था गरिएको छ।
फोटोनको टुनल्यान्ड पिकअप स्टल ‘ए–७’ मा, माउन्टेन ईभी र टीएम–१ स्टल ‘जे–४’ मा तथा सोकोन ईभी भ्यान स्टल ‘जे–६’ मा अवलोकन गर्न सकिनेछ। कम्पनीहरूले सीमित अवधिमा उपलब्ध हुने यी अफरहरूको लाभ लिन अटोप्रेमीहरूलाई आह्वान गरेका छन्।