काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले सेवाबाट राजीनामा दिएका छन् । पौड्यालले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बोर्ड स्रोतले जानकारी दिएको छ । पौड्यालले ३० गते देखि लागू हुनेगरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । बोर्डमा २०५३ सालमा प्रवेश गरेका पौड्यालले २४ वर्षको सेवापछि राजीनामा दिएर बाहिरिएका हुन् । उनले साउनमै…