Logo

वेस्टर्न युनियनको ‘दशैंको सौगात’ अफर सार्वजनिक, लक्की ड्रमार्फत १० लाख रुपैयाँ जित्न सकिने मौका

वेस्टर्न युनियनको ‘दशैंको सौगात’ अफर सार्वजनिक, लक्की ड्रमार्फत १० लाख रुपैयाँ जित्न सकिने मौका



काठमाडौं । वेस्टर्न युनियन मनि ट्रान्स्फरले ‘दशैंको सौगात’ नामक अफर सार्वज्निक गरको छ । कम्पनीले कार्तिक १ गतेदेखि लागु हुनेगरी साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत पुरस्कार जित्न सकिनेगरी योजना सार्वज्निक गरेको हो । उक्त योजना अनुसार सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ ।

यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार रुपैयाँ नगद जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिनेछ ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिटान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL