Logo

विदेशी मदिरा र महंगा गाडि आयातमा लगाएको प्रतिबन्ध हट्यो

विदेशी मदिरा र महंगा गाडि आयातमा लगाएको प्रतिबन्ध हट्यो



काठमाडौं । सरकारले विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको छ । परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मन्त्रिपरिषद्को बैंठकको निर्णय सुनाउँदै विदेशी मदिरा आयातको प्रतिवन्ध हटाइएको जानकारी दिएका हुन् ।

यस अघि सरकारले कोभिड पछि विदेशी मुद्रा विदेशिनबाट रोक्दै आयातलाई निरुत्साहित गर्ने भन्दै विदेशी मदिरा आयातमा रोक लगाएको थियो ।

तर, यस अघि आयात गरिएको मदिराको स्टक सकिएको र पछिल्लो समय भन्सार छलीबाट मदिरा भित्र्न थालेको गुनासो आएपछि सरकारले मदिरा आयात खुला गरेको हो ।

यसैगरी सरकारले सरकारले ५० हजार डलर भन्दा बढी मूल्यका सवारी साधन आयातमा लगाएको प्रतिबन्ध पनि खुला गरेको छ । विशेषगरी विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधन ल्याउन समस्या परेको भन्दै त्यस्ता निकायले खरिद गर्ने गाडिमा उक्त सीमा हटाइएको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL