Logo

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त, बैंकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त, बैंकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव



काठमाडौं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । बैंकका तत्कालिन अध्यक्ष शम्भुप्रसाद पौड्यालको ४ बर्षे कार्यकाल सकिएसँगै बैंक संचालक समितिले उपेन्द्र पौड्याललाई नयाँ अध्यक्ष चुनेको हो ।

laxmi

बैंकको प्रमुख कार्यकारी अधिकृत भएर लामो समय विताएका बैंकर एवं समाजसेवी पौड्ललाई आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । हाल उनी एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुन् ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको र नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको सफल बैंकर पौडेलल अध्यक्ष भएसँगै थप उचाईमा पुर्याउने सहज हुने बैंकको विश्वास रहेको छ ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । सन् १९८६ मा ग्रीण्डलेज बैंकबाट उनले बैंकिङ करिअर सुरु उनी सोही सस्थामा १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरेका थिए ।

नवनियुक्त अध्यक्ष पौड्यालले १४ वर्ष ग्रीण्डलेज बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् ।

होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । त्यही अनुभवका आधारमँ उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर उनीसँग करिब १४ वर्ष काम गरेकोे अनुभव छ ।
समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हु“दै आउनुभएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष भएका थिए ।

यसैगरी नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट अध्यक्ष र सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । अध्यक्ष शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आºनो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण सेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए ।

यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रेहका विदा भएका छन् । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि, उहा“ सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL