सन् २०२१ मा प्रतिव्यक्ति आय चार हजार डलरभन्दा बढी भएको श्रीलंकाको अर्थतन्त्र अचानक तहसनहस भयो । लोकरिझ्याईंका कार्यक्रम, महँगो ऋणभार, भ्रष्टाचार र कुशासनले श्रीलंका टाट पल्टिएको हो । विदेशी ऋण तिर्न नसक्ने घोषणा गरिसकेको श्रीलंकामा विदेशी सहयोग जुटाएर त्यस मुलुकलाई बचाउने उपायस्वरुप अन्तरराष्ट्रिय मुद्रा कोषले अहिले पहिलोपटक सुशासन अडिट गरिरहेको छ । विकासोन्मुख मुलुकमा स्तरोन्नति…