Logo

व्यापारीले ओभर इन्भ्वाईसमा सामान आयात गर्दै कालोधनलाई रेमिटान्समार्फत भित्र्याएर सम्पति शुद्धिकरण गरे : डा. खतिवडा

व्यापारीले ओभर इन्भ्वाईसमा सामान आयात गर्दै कालोधनलाई रेमिटान्समार्फत भित्र्याएर सम्पति शुद्धिकरण गरे : डा. खतिवडा



काठमाडौं । पूर्व अर्थमन्त्री एवं अर्थविद् डा. युवराज खतिवडाले पछिल्लो समय व्यापारीहरुले ओभर इन्भ्वाईसिङ (उच्च विलिङ) मार्फत सामान आयात गरेर सोही रकमलाई रेमिटान्समार्फत भित्र्याउने गरेको बताए ।

laxmi

‘अहिले व्यापारीहरुले न्यून भन्सारदर भएका सामानको परलमूल्यभन्दा बढीमा विलिङ गरेर आयात गर्दै नेपालबाट बढी रकम विदेश पठाएका छन्,’ नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले खराब आचरण भएका व्यापारीहरुले नेपालबाट सामान आयातको नाममा बढी रकम बाहिर पठाएर त्यसलाई रेमिटान्समार्फत भित्र्याएर सम्पती शुद्धिकरण गर्दै आएका छन् ।’

अहिले कतिपय व्यापारीले गैरकानूनी रुपमा आर्जन गरेको रकम सामान आयातको नाममा विदेश पठाएर रेमिटान्सको माध्ययबाट नेपाल भित्र्याएर शुद्धिकरण गरिरहेको उनको भनाई थियो । ‘उदाहरणका लागि अहिले व्यापारीहरुले ५ प्रतिशतभन्दा न्यून भन्सार भएको बस्तुमा १ सयमा सामान आयात गर्यो भने १५० मा एलसी खोल्ने काम भइरहेको छ भने त्यस्ता सामान आयातमा परल मुल्यभन्दा बढी विदेशी मुद्रा बाहिरिरहेको छ,’ उनले भने, ‘व्यापारीहरुले त्यसरी आफुले सामान आयातको नाममा पठाएको पैसा विदेशबाट रेमिटान्स भन्दै ल्याएर सम्पति शुद्धिकरण गर्ने राम्रो माध्ययम बनाएका छन् ।’

अहिले सरकारले भन्सार छाडा छोडेर वा भन्सार प्रशासन छाडा हुँदा सरकारलाई कर तिरेर व्यवसाय गर्नेहरु मारमा परेको र दुई नम्बरी गर्ने व्यवसायीहरुले ठूलो रकम कमाउने काम भइरहेको समेत उनले जानकारी दिए । ‘सरकारले कतिपय बस्तुको आयात नियन्त्रण गर्ने भनेर प्रतिबन्ध लगाईयो तर नेपालमा त्यस्ता वस्तुहरुको कहिलेपनि अभाव भएन,’ उनले भने, ‘त्यसले गर्दा प्रतिस्पर्धाको आभाव भयो र भन्सार तिरेर राम्रो गर्ने व्यवसायीहरु पलायन हुन पुगे भने भन्सारछली गर्ने कालाबजारीहरु मालामाल भए ।’

प्रतिक्रिया दिनुहोस्
MBL