Logo

इन्धनको मूल्यमा ‘युएस-चाइना इफेक्ट’, नेपालमा मूल्य बढेको अवस्थामा कस्तो छ विश्व बजारमा कच्चा तेलको भाउ ?

इन्धनको मूल्यमा ‘युएस-चाइना इफेक्ट’, नेपालमा मूल्य बढेको अवस्थामा कस्तो छ विश्व बजारमा कच्चा तेलको भाउ ?



काठमाडौं । विश्वव्यापी रुपमा इन्धनको मूल्य घटबढमा विश्वका प्रमुख दुई आर्थिक शक्ति अमेरिका र चीनको प्रभाव रहँदै आएको छ । यसै सन्दर्भमा चीनको आर्थिक तथ्यांक सोचेभन्दा कमजोर आएसँगै इन्धनको बजार पनि प्रभावित भएको छ । चीनको कमजोर तथ्यांकले कच्चा तेल बजारको सेन्टिमेन्ट नराम्ररी प्रभावित भएको छ ।

laxmi

चीनको आर्थिक तथ्यांकले कच्चा तेलको बजारको सेन्टिमेन्टलाई बिगारेको विश्लेषकहरु बताउँछन् । चनि विश्वमै सबैभन्दा बढी आयातित इन्धन खपत गर्ने देश भएकाले इन्नधाके मूल्यमा चीनको प्रभाव रहँदै आएको छ ।

चीनमा औधागिक उत्पादनमा तीब्रता आउँदा इन्धनको खपत बढ्छ र मूल्य पनि बढछ भने उत्पादनमा सुस्तता आउँदा त्यसको ठीक विपरितको अवस्था आउँछ । चीनले कम इन्धन आयात गर्दा कच्चा तेल विक्रेताहरु मूल्य घटाउन बाध्य हुने गर्छन ।

मंगलबार कच्चा तेल बजारमा बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको थियो । मंगलबार कारोबारको अन्त्यमा प्रति ब्यारेल ८४.८९ डलरमा बन्द भएको थियो । डब्लुटीआई पनि ८०.९९ मा बन्द भयो । तर, बुधबार आएका कारोबारका प्रारम्भिक प्रवृत्ति भने सुधारउन्मुख देखिएका छन् ।

यस हप्ता अमेरिकी अर्थतन्त्रबाट राम्रो समाचार पाएपछि कच्चा तेलको मूल्यमा केही सुधार आएको थियो तर, मंगलबार चीनको तथ्यांकले मूल्यमा फेरि गिरावट आयो । यद्यपि विश्लेषकहरू र पूर्वानुमान एजेन्सीहरू भन्छन् कि पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ओपेक र यसका सहयोगीहरू ( ओपेक+) र साउदी अरेबियाले आपूर्तिमा रोक लगाएपछि आगामी समयमा कच्चा तेलको मूल्य बढ्न सक्छ ।

नेपालमा कति छ मूल्य ?

नेपालमा भने आजदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको छ । यससँगै अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमका अनुसार भारतबाट हरेक महिनाको १ र १६ तारिखमा प्राप्त हुने मूल्यसूचीअनुसार स्वचालित प्रणालीबाट इन्धनको मूल्यवृद्धि भएको हो । यद्यपि हवाई इन्धन र ग्यासको मूल्यमा भने कुनै हेरफेर भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL