काठमाडौं । सरकारले अग्नि सिमेन्टसहित विभिन्न ६ कम्पनीलाई गुणस्तरको न्युनतम मापदण्ड पुरा नगरेको भन्दै कारबाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ ओटा सिमेन्ट कम्पनी, एउटा आटा उद्योग र एउटा ग्याँस कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको हो । विभागले विभिन्न मितिमा गरेको अनुगमनसहित आकस्मिक निरिक्षण गरी नमुना संकलन गर्दै ल्यावमा उक्त कम्पनीका उत्पादन…