Logo

सिमेन्ट र जलविद्युतका ७ परियोजनामा १ खर्ब ८५ अर्बको लगानी स्वीकृत, १२५ मेगावाटको सौर्य ऊर्जाको लागि सर्वेक्षण अनुमति

सिमेन्ट र जलविद्युतका ७ परियोजनामा १ खर्ब ८५ अर्बको लगानी स्वीकृत, १२५ मेगावाटको सौर्य ऊर्जाको लागि सर्वेक्षण अनुमति



काठमाडौं । लगानी बोर्डले विभिन्न ७ ओटा परियोजनामा १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्रीका अध्यक्षतामा बसेको लगानी बोर्डको ४४ औं बैंठकले जलविद्युत र सिमेन्ट उद्योगमा उक्त लगानी स्वीकृत गरेको हो ।

बोर्डले ५ जलविद्युत आयोजना र २ ओटा सिमेन्ट उद्योगका लागि उक्त लगानी स्वीकृत गरेको हो । जसअनुसार ३२७ मेगावाटमो माथिल्लो मर्याङ्दी-२ को लागि ७८ अर्ब ६५ करोड, ४२ दशमलव ९ मेगावाटको आखु खोला जलविद्युत आयोजनाका लागि ६ अर्ब ३० करोड, ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाका लागि १० अर्ब ३१ करोड, ९७ शदमलव २ मेगावाटको इसुवा खोला जलविद्युत आयोजनाका लागि १३ अर्ब ५७ करोड र १६४ मेगावाटको कालीगण्डकी गोर्गे जलविद्युत आयोजनाका लागि २८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट ईन्डष्ट्रिज परियोजनाको लागि १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति गर्ने निर्णय गरेको छ ।

बैठकले बाँके जिल्लाको कोहलपुर र कपिलवस्तु जिल्लाको वाणगामा सञ्चालन हुने २० मेगावाट स्टोरेजक्षमता सहितको १२५ मेगावाट का दुई छट्टाछट्टै सौर्य ऊर्जा परियोजना को सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालनका लागि अध्ययन गर्न राईजिङ इनर्जी सिंगापुर जेभीलाई सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

साथै, बैठकले विश्वभर फैलिएको कोरोनाका कारण काममा समस्या भएको भन्दै चीन नेपाल फ्रेण्डसीप इन्ड्रष्टिज पार्क दमम र मुक्तिनाथ केवल कार, मल्टिमोडल लजिष्टिक पार्क र प्राईभेट फ्रेड टर्मिनल एण्ड बल्क ह्याण्डिलिङ फ्यासिलिटिज अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL