Logo

उद्योगमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्यास शिव घिमिरले किने, १८ करोडमा भयो डिल

उद्योगमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्यास शिव घिमिरले किने, १८ करोडमा भयो डिल



काठमाडौं । कैलालीमा रहेको सैपाल ग्याँसको स्वामित्व नेपाल ग्याँस उद्योग संघका पूर्व अध्यक्ष शिव घिमिरेले खरिद गरेका छन् ।

laxmi

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको उक्त ग्याँसको सेयर स्वामित्व नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका घिमिरेले गरिद गरेका हुन् । मन्त्री भट्टसहित एकाघरको स्वामित्वमा रही संचालनको क्रममा रहेको सैपाल ग्याँसको पूर्ण स्वामित्व घिमिरेले खरिद गरेका हुन् ।

हाल सम्पूर्ण तयारी सहित संचालनको क्रममा रहेको उक्त ग्याँस उद्योग शुक्रबार मात्रै आफुले खरिद गरेको घिमिरेले जानकारी दिए । ‘हालसम्म उक्त ग्याँस उद्योग संचालनमा आएको छैन,’ उनले भने, ‘हाल संचालनको लागि तयारी अवस्थामा रहेकाले आगामी हप्तादेखि उत्पादन सुरु गरिनेछ ।’ शुक्रबार सम्पूर्ण डिल फाइन भएको र केही दिनभित्रै आफ्नो स्वामत्विमा ल्याइने समेत उनले जानकारी दिए ।

मन्त्री भट्टको एकघर परिवारको ५ जनाको स्वामित्वमा रहेको सम्पूर्ण सेयर हिस्सा घिमिरेले खरिद गरेका हुन् । सो ग्याँस प्लाटको सम्पूर्ण सेयर स्वामित्व १८ करोड रुपैयाँमा खरिद गरिएको समेत घिमिरेले जानकारी दिए ।

मासिक न्यूनतम १ लाख सिलिण्ड ग्याँस उत्पादन क्षमता भएको सो ग्याँस उद्योग कैलाजी जिल्लाको गोदावरी नगरपालिकामा रहेको छ । नेपाली ग्याँस उद्योगमा पयोनियरको रुपमा परिचित घिमिरेको योसँगै ग्याँस उद्योगको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL