Logo

अग्नि सिमेन्टसहित ४ कम्पनीलाई गुणस्तर विभागको स्पष्टीकरण माग, २ सिमेन्ट कम्पनीको ईजाजतपत्र रद्ध

अग्नि सिमेन्टसहित ४ कम्पनीलाई गुणस्तर विभागको स्पष्टीकरण माग, २ सिमेन्ट कम्पनीको ईजाजतपत्र रद्ध



काठमाडौं । सरकारले अग्नि सिमेन्टसहित विभिन्न ६ कम्पनीलाई गुणस्तरको न्युनतम मापदण्ड पुरा नगरेको भन्दै कारबाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ ओटा सिमेन्ट कम्पनी, एउटा आटा उद्योग र एउटा ग्याँस कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

विभागले विभिन्न मितिमा गरेको अनुगमनसहित आकस्मिक निरिक्षण गरी नमुना संकलन गर्दै ल्यावमा उक्त कम्पनीका उत्पादन परिक्षण गरेको थियो । कम्पनीको ल्याव परिक्षणमा उक्त ६ कम्पनीका उत्पादनमा गुणस्तरको न्युनतम मापदण्ड पुरा नभएको पाईएपछि कारबाही अघि बढाएको छ ।

विभागले बारस्थित रिलायन्स सुपरटेक सिमेन्ट प्रालि र पर्षास्थित ईन्टरनेशनल सिमेन्ट प्रालिको ईजाजत नै रद्ध गरेको छ भने, अन्य ४ कम्पनीहरुलाई स्पष्टीकरण माग गरेको छ ।

उक्त २ ओटा सिमेन्ट कम्पनीले ईजाजतपत्र स्थगन गरिएको अवस्थाामा पनि आफ्नो उत्पादन बजारमा विक्री वितरण गरिरहेकाले ईजाजतपत्र नै खारेज गरिएको विभागको भनाई छ । यस्तै काठमाडौंस्थित चाल्नाखेलको एभरेष्ट ग्याँस प्रालिले भने एलपीजी सिलीण्डरसम्बन्धी नेपाल गुणस्तर मापदण्ड नै पुरा नगरेको विभागले जानकारी दिएको छ ।

साथै अग्नी सिमेन्टको आइआर मान र एमपीए मान नै मापदण्डभन्दा बढी रहेको पाईएपछि कम्पनीलाई स्पष्टीकरण सोधिएको छ । सर्वाेत्तम सिमेन्टको भने आईआर मान नै बढी भएकाले कारबाही प्रक्रिया अघि बढाइएको छ ।

साथै मोरंगस्थित कमला रोलिंग मिल्सको उत्पादनमा भने सल्फर र फस्फोरसको मात्रा नेपाल गुणस्तरयुक्त नभएकाले कारबाही प्रक्रिया अघि बढाईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL