काठमाडौं । एभरेष्ट बैंकले आफ्ना ग्राहकलाई १० प्रतिशत नगद फिर्ता गर्ने गरी क्यासब्याक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना भिसा कार्ड बोक्ने ग्राहकहरुलाई हरेक सामान खरिदमा १० प्रतिशत नगद फिर्ता दिने भएको हो । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुने भएको…