Logo

पहिलो पटक तोकियो सहकारीको ब्याज, अब १६ प्रतिशतभन्दा बढि लिन नपाईने

पहिलो पटक तोकियो सहकारीको ब्याज, अब १६ प्रतिशतभन्दा बढि लिन नपाईने



काठमाडौं । अब सहकारी संस्थाहरुले कर्जाको ब्याज १६ प्रतिशतभन्दा माथि लिन नपाउने भएका छन । शुक्रबार सहकारी विभागले एक पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको हो । सहकारी संस्थाहरुले जथाभावी रुपमा ब्याज असुलीरहको भन्दै विभागले सहकारीको ब्याजदर तोकिदिएको हो ।

विभिन्न सहकारीले कर्जा दिँदा आफु मनपरी ब्याज असुलीरहेको जानकारीमा आएपछि सहकारीको कर्जाको ब्याजदर तोकिएको विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले जानकारी दिए । यस्तै पत्रकार सम्मेलनमा उने सहकारीको बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशत भन्दा घटि नरहने समेत जानकारी दिएका छन । उनका अनुसार सहकारीका लागि उक्त नियम आईतबारदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL