काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा कार्यालय हुम्ला जिल्लाको सिमकोटमा संचालनमा ल्याएको हो । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ८६ औं शाखा सिमकोट गाउँपालिकाको कालिचोकमा विस्तार गरि कारोवार सुरु गरेको हो । बैंकले हाल नेपालभर ८६ शाखा कार्यालय संचालनमा ल्याएको र अन्य ५ शाखा कार्यालयहरु उद्घाटनको क्रममा रहेको जानकारी दिएको छ…