काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को चैत महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ । गत आर्थिक बर्षको सोही महिनामा ४.६१ प्रतिशत रहेको यस्तो मुद्रास्फीति चालु आवमा घटेको हो । चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ ।…