काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एक वृद्धाश्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जीतपुरसिमरा ०१ पथलैयामा अवस्थित जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान गरेको हो ।आश्रमलाई बैंकले करिब तीन महिनालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीलगायत अन्य सामाग्री उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ । वृद्धाआश्रममा…