Logo

वर्षेनि घट्दै बैंकको प्रतिफल क्षमता, सेयर बेचेर बाहिरिँदै आधारभुत संस्थापक लगानीकर्ता

वर्षेनि घट्दै बैंकको प्रतिफल क्षमता, सेयर बेचेर बाहिरिँदै आधारभुत संस्थापक लगानीकर्ता



काठमाडौं । पछिल्ला केहि वर्षयता बैंकले आफ्ना लगानीकर्तालाई दिने प्रतिफत क्षमतामा लगातार गिरावट आएको छ । आर्थिक वर्ष २०७०–७१ सम्म वाणिज्य बैंकहरुको प्रतिफल क्षमता (रिर्टन अन इक्वीटी) औसत २६.४७ प्रतिशतको हाराहारीमा रहेको थियो । तर, यो क्रम लगातार ओरालो लाग्दै चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा यस्तो प्रतिफल क्षमता ९.२६ प्रतिशतमा खुम्चिएको छ ।

laxmi

सम्बद्ध बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा बैंकहरुको नाफामा समेत उच्च गिरावट आएको छ भने खराव कर्जा भने बढ्न पुगेको छ । जसका कारण चालु आर्थिक वर्षमा बैंकको प्रतिफल अझ घट्ने देखिन्छ ।

बैंकको प्रतिफल क्षमता घट्दै जाँदा बैंकमा लगानी गर्ने संस्थापक लगानीकर्ताहरु धमाधम बाहिरिन थालेका छन् । अहिले बैंकका आधारभुत संस्थापक सेयर होल्डरहरु आफ्नो सेयर बेचेर पलायन हुन थालेका छन् भने बैंकको सेयरलाई दोस्रो बजारमा सवसाधारणले समेत रुचाउन छाडेका छन् । बैंकको प्रतिफल क्षमतासँगै बैंकको लाभांश क्षमता पनि उच्च गिरावट आएको छ । धेरैजसो वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांशसमेत वितरण गर्न सकेका छैनन् । जसका कारण बैंकका आधारभुत लगानीकर्ताहरु आफुसँग भएको सेयर सस्तो मुल्यमै भएपनि बेचेर बाहिरिन थालेका छन् भने दोस्रो बजारमा पनि लगानीकर्ताको आर्कषण घटेको देखिन्छ ।

आर्थिक वर्ष २०६७–०६८ मा औसत २१.३१ प्रतिशत रहेको वाणिज्य बैंकको लाभांश क्षमता आार्थिक वर्ष २०७९–०८० मा आउँदा घटेर औसत १३.२४ प्रतिशतमा झरेको छ । गत बैशाख देखि पुसमसान्तसम्म आउँदा बैंकका १ सय ४० भन्दा बढी संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बेचेका छन । उनीहरुले साढे ३ करोड बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकहरूबीचको तीव्र प्रतिस्पर्धा र राष्ट्र बैंकले ल्याउने विभिन्न नीतिका कारण बैंकको बैंकको प्रतिफल घट्दो अवस्थामा रहेको सम्बद्ध विज्ञहरु बताउँछन । विशेषगरी पछिल्लो समय प्रभु बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले समेत आफ्नो स्वामित्वमा रहेको सबैजसो सेयर बिक्री गरिसकेको छन् । भट्टचन र उनको ग्रूपको सेयर एसियन लाईफ इन्स्योरेन्सले खरिद गरेको छ ।

२०७१ सालमा ३० वटा वाणिज्य बैंक सञ्चालनमा थिए । हालसम्म आउँदा १० वटा बैंक बिलय भएर वाणिज्य बैंकको संख्या २० मा झरेको छ । राष्ट्र बैंकको नीति अनुरुप बैंकहरु एकआपसमा मर्जर तथा प्राप्ती भई एक भएर २० वटामा सिमित भएका हुन ।

२०७१ सालको बैंकको आरओई सूचीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको औसत आरओई ९.२६ प्रतिशत मात्र रहेको छ । यस अवधिसम्मको तथ्यांकमा सबैभन्दा कम प्रतिफल क्षमता नेपाल बैंकको रहेको छ । २०७१ मा सबैभन्दा धेरै प्रतिशत दिने दोस्रो बैंकको सूचिमा रहेको यो बैंक २०८० को पुससम्म आउँदा सबैभन्दा कम प्रतिफल वितरण गर्ने बैंक बन्न पुगेको छ । नेपाल बैंकको २०७१ सालमा ४६.९९ प्रतिशत आरओई थियो तर अहिले खुम्चिँदै २०८१ पुस मसान्तसम्म आउँदा ९.२६ प्रतिशतमा झरेको छ । बैंकको आरओई ९ वर्षको अवधिमा लगभग ४३ प्रतिशत घटेको देखिन्छ ।


वाणिज्य बैंकको २०८१ पुस मसान्तसम्म आरओई सूचीमा

प्रतिक्रिया दिनुहोस्
MBL