Logo

लक्ष्मी सनराइज बैंकले संचालनमा ल्यायो ओर्यान्ज एनएक्सटी, बैंकिङ सेवा थप सहज

लक्ष्मी सनराइज बैंकले संचालनमा ल्यायो ओर्यान्ज एनएक्सटी, बैंकिङ सेवा थप सहज



काठमाडौं । लक्ष्मी सनराइज बैंकले ओर्यान्ज एनएक्सटीको थालनी गरेको छ । आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले एफवान सफ्ट अन्तर्गतको फोन नेक्स्टसँगको सहकार्यमा उक्त सेवा सुरु गरेको हो ।

laxmi

ओर्यान्ज एनएक्सटीले मोबाईल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्ने बैंकले जानकारी दिएको छ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओर्यान्ज एनएक्सटी कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाईल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओर्यान्ज एनएक्सटीमार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।

एफ वान सफ्ट का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभुत उद्देश्यले ओर्यान्ज एनएक्सटीको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस ओर्यान्ज एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL