Logo

सिटिजन्स बैंक र पर्पल हेज रक बारबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

सिटिजन्स बैंक र पर्पल हेज रक बारबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेलमा रहेको पर्पल हेज रक बार प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले पर्पल हेज रक बारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहनगर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL