Logo

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी, डिजिटल बैंकिङ प्रर्वद्धनमा सहयोगी हुने

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी, डिजिटल बैंकिङ प्रर्वद्धनमा सहयोगी हुने



काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ । उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्स लाई प्रायोजन गरेको हो ।

laxmi

एसएक्ससी स्यान्डबक्स एक आइटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सुचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेसन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्ने छ ।

जसले गर्दा बैंकले आइटी विषय लिई अध्यनरत विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL