Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वृद्धाश्रमलाई तीन महिना पुग्ने सामग्री सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वृद्धाश्रमलाई तीन महिना पुग्ने सामग्री सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एक वृद्धाश्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जीतपुरसिमरा ०१ पथलैयामा अवस्थित जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान गरेको हो ।
आश्रमलाई बैंकले करिब तीन महिनालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीलगायत अन्य सामाग्री उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ ।

laxmi

वृद्धाआश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिकहरु समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाँउदा गौरवान्वित महशुस गरेको र समाज प्रतिको उत्तरदायित्व वोध गरेको कुरा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL