काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ। ९४ बर्षिय श्रेष्ठको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए । उनको पहलमा भारतको पंजाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो । पंजाब नेशनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ…