Logo

सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालन, नगदरहित कारोबारलाई प्रोत्साहन

सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालन, नगदरहित कारोबारलाई प्रोत्साहन



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पु¥याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

laxmi

महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकलेकारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ ।

यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अह्म भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

यस कार्डको बारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा कुनै पनि माध्यमहरुबाट सम्पर्क गरी प्राप्त गर्न सक्नेछन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा ५ एक्स्टेन्सन् काउन्टर सहित ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्घार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL