Logo

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा, सेवा संख्या २७७ पुग्यो

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा, सेवा संख्या २७७ पुग्यो



काठमाडौ । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहँु जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

laxmi

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL