Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते साधारण सभा बाेलायाे, ४ जना सञ्चालक छानिदै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते साधारण सभा बाेलायाे, ४ जना सञ्चालक छानिदै



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

laxmi

बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL