काठमाडौँ । ज्योति विकास बैंकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासंग होटलका विभिन्न सेवा सुविधाहरुमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छूट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेश कुमार पाठकले हस्ताक्षर गरेका हुन् । बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ…