Logo

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, रोड डिभाइडर हस्तान्तरण

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, रोड डिभाइडर हस्तान्तरण



काठमाडौं । महालक्ष्मी विकास बैंकको महाराजगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्ज लाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

laxmi

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको महाराजगञ्ज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो ।

महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको बैंकका महाराजगञ्ज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए ।

सोहि कार्यक्रममा बोल्दै वृत्तका नायव निरीक्षक पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।

महानगर वरपर ट्राफिक व्यावस्थापनमा माहानगरपालिकालाई सहजता होस् र दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने हेतुले रोड डिभाइडर वितरण गरिएको कुरा बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक कार्यलाई प्रभावकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL