Logo

नयाँ वर्षमा सांग्रिला बैंकका ग्राहकले दराजबाट अनलाइन शपिङ गर्दा १० प्रतिशत छुट पाउने

नयाँ वर्षमा सांग्रिला बैंकका ग्राहकले दराजबाट अनलाइन शपिङ गर्दा १० प्रतिशत छुट पाउने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दराजसँग नयाँ नेपाली वर्ष २०७९ को अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा सांग्रिला बैंकका ग्राहकलेहरूले विशेष छुट पाउने भएका छन् ।

laxmi

बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ गतेको दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार सम्मको छुट प्राप्त गर्न सक्नेछ । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै बाट आवेदन दिन सकिने छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक हरुलाई विशेष सहयोग पुग्ने विश्वास सांग्रिला डेभलपमेन्ट बैंके लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL