Logo

गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट



काठमाडौं । पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुरुप, गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केबलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ एटिएमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL