Logo

कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ सेवा सोतीपसलमा

कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ सेवा सोतीपसलमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नपा वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

laxmi

त्यहाँ रहेको पौडेल इलेक्ट्रिक पसलका लक्ष्मण पौडेललाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको हो ।

कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं १ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं। २ का वडा अध्यक्ष पदमबहादुर थापाले संयुक्त रूपमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL