Logo

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेस्डर र अफिसीयल भ्वाईस पार्टनर नियुक्त, नयाँ बर्षको क्यालेण्डर पनि सार्वजनिक

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेस्डर र अफिसीयल भ्वाईस पार्टनर नियुक्त, नयाँ बर्षको क्यालेण्डर पनि सार्वजनिक



काठमाडौं । कामना सेवा विकास बैंकले ब्राण्ड एम्बेस्डर र अफिसीयल भ्वाईस पार्टनर नियुक्त गरेको छ । बैंकले ब्राण्ड एम्बेस्डरमा संचारकर्मी रवि लामिछाने र अफिसीयल भ्वाईस पार्टनरमा गायक सुगम पोखरेललाई नियुक्त गरेको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले उक्त घोषणा सार्वजनिक गरेको हो ।

laxmi

ब्राण्ड एम्बेस्डर संचारकर्मी लामिछानेले बैंकसंग सहकार्य गर्दै समाजलाई योगदान दिन सकिने बिश्वासका साथ ब्राण्ड एम्बेस्डर हुन तयार रहेको बताए । उनले ब्राण्ड एम्बेस्डरबाट आउने पारिश्रमिक लाई सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा लगानी गर्ने उद्घोष गरेका छन ।

उक्त ब्राण्ड पार्टनर सार्बजनिक समारोहमा बैंकले नँया बर्षको क्यालेण्डर पनि सार्वजनिक गरेको छ । कार्यक्रममा अफिसियल भ्वाईस पार्टनर नियुक्त पोखरेलले यस बैंक संग आफु जोडिएदेखि यसको ब्राण्ड कलर देख्दा पनि अपनत्व अनुभव गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL