Logo

मुक्तिनाथ बैंकको क्रमिक बचत खाता, मुद्दती खाताको ब्याज दिने

मुक्तिनाथ बैंकको क्रमिक बचत खाता, मुद्दती खाताको ब्याज दिने



काठमाडौँ । मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ क्रमिक बचत खाता’ ग्राहकले मुद्दती खाताकै जति ब्याज पाउने भएका छन् । बैंकका अनुसार ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो खाता निक्षेपकर्ता लाई अत्यन्त लाभदायी योजना हो ।

laxmi

बैंकका अनुसार उक्त बचत खाता तथा मुद्धती खाताको विशेषतालाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ वर्ष देखि १० वर्ष अवधिसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने राबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्रैमासिक रुपमा प्राप्त ब्याज पुनः सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकलाई उच्चत्तम लाभ हुने बैंकले जनाएको छ ।

यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL