काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा मनिचेञ्जरको लाइसेन्स खारेज गरेको छ । केन्द्रिय बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका पाँच मनिचेञ्जरले तोकेको समयमा नवीकरण नगरेको कारण राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो । ‘नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण…